समाचार

बाँकेका थप १४ जना कोरोना संक्रमीत डिष्चार्ज

१९ असार, बाँके । बाँकेमा थप १४ जना कोरोना संक्रमित आइसोलेट सेन्टर बाट डिष्चार्ज भएका छन् ।

आज डिष्चार्ज हुनेमा खजुराको कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका ७ जना(१ महिला, ६ पुरुष ) र बाँकेको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन सेन्टरबाट बैजनाथ गाउँपालिकाका ७ जना (१ महिला, ६ पुरुष )गरी कुल १४ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ३७ पुगेको छ । श्रेष्ठ अनुसार अब बाँकेमा २५ जना मात्र निको हुन बाकी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *