समाचार स्वास्थ्य

बाँकेमा थप ३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

१८ असार,नेपालगन्ज । बाँकेमा आज थप ३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । नेपालगन्जस्थित आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा २ का १ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नरैनापुरका १ जना र खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट नेपालगन्ज ३ का १ जना गरी ३ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय २३ पुगेको छ । बाँकेमा हालसम्म ३ सय ६३ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *