समाचार स्वास्थ्य

थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि

१८ असार, बाँके । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। बिहीबार मात्रै ४७३ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ५ हजार ३ सय २० पुगेको छ। मन्त्रालयका अनुसार अहिले सम्म क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १ सय ३७ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार हाल सम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७ सय ६४ र आरडीटी ३ लाख ६ सय २० जनाको नमूना परीक्षण भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *