शिक्षा समाचार सामाजिक

वडा नं. २१ स्वास्थ्य शाखा पुरैना अन्तर्गत आवद्ध रहेका १३ जना स्वयंसेविकालाई साइकल हस्तान्तरण

अजय पाठक
१६ असार, बाँके ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना अन्तर्गत रहेको स्वास्थ्य शाखामा आबद्ध स्वयंसेविकालाई साइकल हस्तान्तरण गरिएको छ ।

वडा अध्यक्ष रन्जित खाँले स्वास्थ्य शाखा अन्तर्गत आबद्ध १३ जना महिला स्वयंसेविकाहरुलाई  साइकल, टर्च, र रेनकोट हस्तान्तरण गरेका छन ।

मंगलबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खानले भने “समाजिक कामका लागी निरन्तर खटिरहेका स्वयंसेविकाहरुका लागि वडा कार्यालय को २०७६/७७को बजेट अन्तर्गत १३ जना स्वयंसेविकालाई साइकल वितरण गरिएको हो । उनले भने महिला स्वयंसेविका हरु घाम- छाया नहेरि निरन्तर काम गरि रहेका छन, टाढा बाट पनि काम गर्न आउने महिला हरु छन। केही महिला संग साधन को व्यवस्था समेत न भएको हुनले आवत जावत सहजीकरणका लागि साइकल वितरण गरिएको हो । पानीको समय समेत रहेको हुनले टर्च, र रेनकोट समेत हस्तान्तरण गरिएको बताएका हुन।

खाँले वडावासीलाई स्वास्थ्य सेवा दिन वडा कार्यालय सदैव तत्पर रहेकोले स्वास्थ्यमा संस्थागत विकासको लागि आफु सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

वडा कार्यालयको रु. १,५६,०००।– हजारको बजे अन्तर्गत वडाका १३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई एक थान साईकिल रेनकोट लगाएतका समान प्रदान गरिएको वडा सचिव सुर्य नेपालीले बताउनुभयो ।

कार्यक्रममा सरकारले लागू गरेको समाजिक दुरि लाई पालना गर्दै कार्यक्रमका सभापति वडा अध्यक्ष रन्जित खाँ, स्वास्थ्य निरीक्षक, महिला स्वयंसेविका, पत्रकार लगायतको उपस्तिथिमा साइकल वितरण कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *