समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघयो, सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ

१५ असार, खजुरा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७९१ र आरडीटी विधिबाट १ हजार ८२२ नमुना परीक्षण गरिएको छ। प्रवक्ता गौतमका अनुसार अहिले सम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० र आरडीटी विधिबाट २लाख ९७ हजार ८७१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा कोरोना जित्नेको संख्या १२१ पुगेको छ । कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *