समाचार स्वास्थ्य

बाँकेमा थप तीन जना कोरोना संक्रमित डिष्चार्ज

१४ असार, बाँके । बाँकेमा आज थप ३ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

खजुरा स्थित रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाट एक जना र डुडुवा गाउँपालिकाको शाहपुर्वा आइसोलेसनबाट थप तीन जना डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *