समाचार स्वास्थ्य

शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१३ असार, खजुरा । नेपालमा शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष  गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कुल संक्रमित मध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । अहिले सम्म कोरोना बाट २८ जनाको मृत्यु भईसकेको छ भने कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *