१३ असार, बाँके। बाँकेमा थप १८ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
नेपालगञ्जको आदर्शनगर आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेसन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट नेपालगञ्जका १ तथा राप्तीसोनारीका २ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको हो ।
यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ४ पुगेको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट आज बर्दियाका ५ जना पनि निको भई डिष्चार्ज भएका छन् ।