विचार शिक्षा सामाजिक स्वास्थ्य

चीन हुँदै बिश्वमा फैलिएको covid 19, नेपाल लाई पनि बनायो त्रसित

बिमल पराजुली
१३ असार, खजुरा ।
आज विश्व कोभिड-१९बाट अत्तालिएको छ ।चीन को हुवन प्रान्त बाट सुरुवात भएको यो रोगले ठुलो रास्ट्र हुन्दै नेपाल जस्ता विकासशील मुलुक हरुलाइ पनि नराम्ररी प्रभावित तुल्याएको छ ।विकसित वा विकासशील रास्ट्र हरुले कोभीड संक्रमण को त्रासदी बाट बाच्न लकडाउन जस्ता विभिन्न उपाय गरि अगाडि बढे तर पनि संक्रमण फैलिरहयो ।आर्थिक अनि सामाजिक अवस्था जटिल बन्दै गयो ।अतिरिक्त रोगको कारण धेरै जनधनको क्षति बिश्वले भोगिरहेको छ ।यस्तो अवस्था कहिले सम्म रहने हो अडकलबाजि गर्न बिज्ञहरुलाइ पनि धम्य धम्य भए को छ ।विश्व येस्तो माहामारिबाट बाच्न अनेक उपाय अपनाउदै आएको छ ।स्वास्थ्य सग सम्बद्ध बिज्ञहरु औसधि को खोजिमा निरन्तर लागिरहे पनि हाल सम्म पनि चुनौती को विषय नै बनिरहेको छ ।बिश्व मानव ले आफू लाई अत्यावश्यक कुराहरु उद्भब गर्यो। धेरै कुराहरुमा सफलता प्राप्त गरि रहयो ।तर यो कोभिद संग को युद्ध चलिरहेको छ ।निर्मुल गर्न सकस भएको छ । विश्व मानव बिजय को एक दिन अबस्य आउने नै छ ,आसा गरौं । जिबन मा समस्या आउछन् ,अनगिन्ती समस्या जस्तै यो कोभिद पनि एक समस्या बनेर उभिएको छ ।विश्व मानव सामु कतै यो रोग हाम्रा कमि कमजोरि जस्तै खानपान,बसउठ ,ब्यस्त जिबनसैली ,आधुनिक तडकभडक पन, अप्राकृतिकपन, हेलचेक्राइ,आदि बाट त उदभव भएन । यस्ता याबत क्रियाकलाप लाई बिस्लेषण गरेर आउँदा जीवन सैलिमा परिवर्तन गर्नु पर्नेमा अपरिहार्यता देखिन्छ ।प्रकृतिक जिबन शैली नै अति उत्तम स्वस्थप्रद ,जिबनसैली हो । प्रकृतिको निकटताबाट बिमुख बन्दै गएको मानव कृयाकलापको उपज जस्तै यो माहामारी देखिन्छ ।प्राकृति बाट पृथक बनिने ,भड्किलो आधुनिकता ,अति प्रकृतिको दोलोहन,बिसाधिको अधिक प्रयोग ,अाणबिक प्रयोगको लापरबाही पना वा दुरुपयोग ,गुम्दै गएको आत्मियता वा सामिप्यताकोभाब,आदिको बीच बाट नै येस्ता समस्या उब्जिएको हो सोचनुपर्छ ।बुझदै प्रकृति प्रेमी बन्नु जरुरी छ ।यो विशिष्ट पाठ प्रकृतिले बिस्व मानव लाई दिएको रुपमा बुझनु पर्छ । यसरी बिश्व लाई कोभी ड ले आक्रन्त पारेको छ भने त्यस भित्रका गरिब मुलुक हरुको स्वास्थ्य एबम अर्थिक अवस्था झन् दारुणिकता तर्फ धकेलिएको छ ।विश्व बैंक ,संयुक्त राष्ट्र संघ लाई अर्थिक टेबा पुर्याउने अनि बिपन्न देशहरू लाई समेत विभिन्न तबर बाट सहयोग फैलाउने बिकसित भनाउदा देशहरू समेत पनि हाल आर्थिक समस्या को चपेटामा रहेका छन ।यो अबस्थामा नेपाल जस्ता बिकासौन्मुख मुलुकहरू को त अवस्था चौपट भै सकेको छ ।नेपाल सरकार को सामु सिर्फ बुद्धिमता बन्नु पर्ने उपाय छ ।बेलैमा सरकार ले दुरदर्शिता नअपनाउदा विभिन्न समस्या हरु देखापरे ।लकदाउनको समस्या मा हुन पर्ने सकारात्मक गतिविधि नहुनु ,अबैज्ञानिक पुर्ब तयारी ,जनता मा पुर्ब अभिमुखिकरण नहुनु ,तीब्र संक्रमण हुन सक्ने आकलन नगरी स्वास्थ सामग्री उपकरण को जोगोनगर्नु ,सिमा क्षेत्रहरू मा आगमन को बिचार नगर्नु ,करेन्टाइन र आइसोलेसन को उचित ब्यवस्थापन नगरिनु ,स्वस्थ्यकर्मिको उचित ब्यबस्थापन नहुनु ,काम भन्दा कुरामा समय खेर फाल्नु ,लक डाउनकाे दुरुपयोग हुनु,अबसरबादी भ्रष्टाचारी प्रवृत्ति को बिकास हुनु, सरकार परनिर्भर हुन खोज्नु,गाडी र्पजेरोको जोगो तर्फ नेता जि हरुको मनोवृत्ति मा तिब्रता ,आदि समस्या हरु बढी पेचिला बन्दै गए। अकल्पनिय सिमा विवाद ,देसको चार सिमा बाट रोगी सन्क्रमित को चाप बढनु, सरकारी एबम निजि संघ संस्था ,बिद्यालय हरु लामो समय सम्म बन्द रहनु,यश इ इ परिक्षा इस्थगन रहनु,शिक्षक कर्मचारी हरु सेबा बिहिन रहनु,वा बेतलबी रहनु पर्ने,समस्या देखिएको छ ।अर्को तिर पर्यटन छेत्र,उद्योग कलकारखाना आदि ठप्प हुँदा देस आर्थिक रूपमा कम्जोर अनि सिथिल छ ।निम्न एबम गरिब जनता लाई संकट परेको छ ।यो संकट को बखत सरकार को सहि कार्य को अपरिहार्यता छ ।सरकार अब दुरदर्शि बनेर हरेक समाज को प्रत्येक पक्षहरुलाइ अध्यन गरि पाहिला बढआउन पर्ने देखिन्छ । बाल मनोबिज्ञान ,पारिवारिक हिम्सा,आत्महत्या ,बलात्कार,करेन्ट आइन आइसोलेसन्को फितलो ब्यबस्थापन ,जनताको जिबिको पर्जन,रोजगार ,कृषि उपार्जन,वैदेशिक रोजगारी को हतोत्साहित अबस्थामा विकल्प निर्माण ,जातीय विभेद, आइ पर्न सक्ने द्वन्द्वात्मक अवस्था ,अनेकौं समस्या ,चोरी चकारी ,महङी ,अव्यवस्थ निदान ,जनमाग को सृन्खला,राजनीतिक बिकल्प सम्भावना आदि अप्ठ्यारा जन्मन सक्छन् ।हाल देश को आर्थिक अवस्था चौपट हुन्दै गएको छ ।धेरै लगानी अनि ऋण लिई ब्यबसाय ,उद्योग ,बिधालय ,ब्यापार सन्चालन गर्न उद्त ब्यक्तिहरुमा बिना कार्य वा सेबा बैंक लाई किस्ता,घर भाडा ,कोठा भाडा ,राजस्व कसरी तिर्ने ,घर कसरी चलाउने भन्ने पिरलोले ग्रसित तुल्याएको छ ।साना ठुलो सबै उद्धमी हरु संग आ आफ्नो समस्या सृजित भएका छन ।यी समस्या हरुलाइ केहि न केही उपाय निकाली राज्री बाट समाधान खोजिनु पर्छ ।र ा ज्यको उपस्थिति जनता लाई यस्तो संकट परेको बेलामा चाहिने होइन र ?बिध्यमान अबस्थामा राज्यले सम्यमित बन्दै ,प्रतिपक्षी ,नागरिक समाज,अनि विभिन्न छेत्रका बिज्ञहरु लाई समेटेर देशमा चुलिएका र एक पछी अर्को हुन्दै बनेका भकारी समस्याहरुको चाङ लाई नयाँ किसिम ले समाधानको उपाय खोज्नु पर्ने अपरिहार्यता छ ।हाल सरकार को अगाडि समस्या मात्र होईन समस्या लाई समाधान गर्न नयाँ मार्ग हरु तय भएका छन ।मानौ देश भयानक युद्ध बाट थिलो थिलो भएर अगाडि सरेको छ ।मानौ देश ले हुनहार असंख्य नागरिक गुमाएको छ ।देस ले अतिक्रमित भएको भुमी खोस्न प्रयत्न रत छ ।देश मा आज बिदेसिएका सबै दाजुभाइ को जमघट छ ,देस प्राकृतिक साधन स्रोत मा धनी छ ,देस बिकास गर्नुपर्छ भन्ने मानसिकता बोकेको सरकार हो भने , देशभक्ति भावना हृदय मा छ भने,सुनौलो अबसर को जमघट हो यो।पृथ्वीनारायण को तागत सम्बोधन हुने समय हो यो,पू्र्खा को अधुरो सपना साकार पार्ने अबसर हो यो।यदि यस्तो समय लाई नयाँ तरिका ले अगाडी बढाउन नसकि देस असफल भएमा यो सरकार को पनि पराजय हो।यस् अवस्था बाट मुक्ति पाउन प्रतिपक्षी राजनीतिक दल,नागरिक समाज,देश का सम्पुर्ण बिज्ञहरु,सम्पुर्ण जनता हरु,सबै को एक्यवद्धता बाट अगाडि बढनुको विकल्प छैन ।यो अबस्थामा सरकार सम्यमित बन्दै ,बैज्ञानिक सोच गरि सन्सार को विकसित भनाउदा रास्ट्रहरु भन्दा आर्थिक रूपमा सबल बन्ने दृढ़ संकल्प गर्दै ,प्रगतिको फ डकाे मार्न सफल बनोस।उपलब्ध प्राकृतिक सधन स्रोत ,सम्पुर्ण नेपाली सम्भावना हरुलाइ अधिकतम उपयोग गरि मेलमिलाप को नयाँ बिन्दु बाट समस्य चिर्दै देश लाई विकसित नयाँ छनक दिओस ।।।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *