समाचार स्वास्थ्य

शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण भएको पुष्टि

१२ असार, खजुरा । नेपालमा शुक्रबार ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । 

मन्त्रालयका अनुसार शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । कुल संक्रमित मध्ये १२ सय ४९ महिला र १० हजार पाँच सय ६ पुरुष गरेर ११ हजार ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन्। कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६ सय ९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *