११ असार, खजुरा। नेपालगन्जको भेरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आज बर्दियाका ६ र रुकुमका १ जना गरी ७ जना कोरोना संक्रमित थपिएका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का ३ जना पुरुष, गेरुवा गाउँपालिका ४ का १ महिलासहित ३ जना र रुकुमको सिस्ने ४ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
