समाचार स्वास्थ्य

थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

११ असार, खजुरा । नेपालमा बिहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राति एक र बिहीबार बिहान एक गरेर दुई जनाको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *