समाचार स्वास्थ्य

बाँकेको १, बर्दिया र रोल्पाका ३/३ मा संक्रमणको पुष्टि

अजय पाठक
७ असार, बाँके ।
भेरी अस्पताल नेपालगन्जले दिएको जानकारी अनुसार पछिल्लो ४८ घण्टामा सो अस्पतालमा गरिएको कोरोना जाँचमा बाँकेको एक, बर्दियाका तीन र रोल्पाका तीन गरि कुल ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अस्पताल अनुसार बाँकेको जानाकी गाँउपालिका ३ का ५० वर्षिय पुरुष हुन।

बर्दियाको ठाकुरबाबा १ का २३, ५० वर्षिय पुरुष, ठाकुरबाबा २ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोल्पाको सुनिलस्मृती ७ का २५ वर्षिय महिला, २१ वर्षिय पुरुष र वडा नं. ४ का २० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

अस्पताल अनुसार पछिल्लो ४८ घण्टामा २५० वटा नमुना परिक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *