समाचार स्वास्थ्य

बाँकेका थप १० जना डिष्चार्ज

६ असार, बाँके । बाँकेमा रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट थप १० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

शनिबार डिष्चार्ज हुनेमा खजुरा गाउँपालिका का ९ र नेपालगन्ज उपमहानगरपालिका १ जना रहेका छन । उनीहरु कोरोना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन ।

आजका १० जना संगै बाँके जिल्लामा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २६० पुगेको छ र हालसम्म ३ सय ४१ जनामा संक्रमण हुँदा २ जनाको भने मृत्यु भइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *