असार ६, खजुरा । नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको मन्त्रालयले बताएको छ । यसै गरी पछिल्लो २४ घण्टामा १ सय ७६ जना डिस्चार्ज भएका छन् ।