समाचार स्वास्थ्य

शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुग्यो

५ असार, बाँके । नेपालमा शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। मन्त्रालयका अनुसार अहिले सम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। 

अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *