५ असार, बाँके। बाँकेमा आज थप ४१ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर १ स्थित जोगागाउँ स्कुलमा बनाइएको आइसोलेसनमा बसेका ४१ जनालाई १५ औं दिनमा घर पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उनीहरु मध्ये ४० जना जानकी गाउँपालिका वडा नम्बर १ र एक जना नेपालगञ्ज १२ का बासिन्दा हुन् ।
यो संगै बाँकेमा डिष्चार्ज हुनेको संख्या २ सय ५० पुगेको छ । जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २७ पुग्दा दुई जनाको भने कारोनाका कारण मृत्यु भइसकेको छ ।