समाचार स्वास्थ्य

बाँकेमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

३ असार, खजुरा । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो ।

ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालको श्रोतले जनाएको हो। श्रोत अनुसार उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *