समाचार स्वास्थ्य

शर्माको उदारमा वृद्धा महिलाको उपचार हुँदै ।

३ जेठ, नेपालगन्ज । कोरोनाले बनाएको जोखिम् पुर्ण स्तिथी त्यसै माथी उपचार गर्न नपाएर अलपत्र अवस्थामा परेका दुई वृद्धा महिला । उनिहरुको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि उनिहरु नेपालगञ्ज आएका डोल्पा ठुली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी ४ महिनादेखी अलपत्र सरहको अवस्थामा रहदै आउनु भएको थियो ।

लक्ष्मी उपचारका लागि सहयोगी भनेर आउनु भएको हो । दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर फागुन १७ गते नेपालगञ्ज आएका उनीहरु राम्ररी उपचार गर्न नपाउदै लक डाउनमा परेका हुन् ।

नेपालगञ्ज वडा न २० राझा एअरपोर्ट नजीकै पशुपति नगरमा चैत्र १० वस्दै आएका हुन् । नेपालगञ्ज मेडीकल कलेजले पैसा नभएकैकारण उपचार हुन नसक्ने भन्दै फकाई दिएको उनीहरुको गुनोसो थियो । भएको पैंसा उपचार र खाना खर्चमा गएपछि साँझ विहानको छाक टार्न पनि धौ धौ भएपछि दयनीय खवर सार्वजनिक भएको हो । उनीहरुको उद्धार गरिएको एक हप्तापछि उपचार प्रक्रिया शुरु गरिएको हो ।

एउटा कोठामा कष्टकर जीवन विताइरहेका उनीहरुलाई काँरकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आफनो घरमा बास दिएकी हुन् । डोल्पा माइत भएकी रोकायाले घरमा मात्र ल्याइनन्, उपचारका लागि भेरी अष्पताल समेत पु¥याइन । अहिले शाहीको बेड न १५ मा उपचार भइरहेको छ । यसैबीच उपचारका लागि सम्वाद समूह बाँकेका तर्फबाट भेरी अष्पतालमा आवश्यक समन्वय र सहजीकरण गरिएको छ । कमजोरीकारण विरामीको अवस्था नाजुक छ । रोग के हो भन्ने पनि स्पष्ट पत्ता नलागीसकेको अवस्था छ । पैंसा पनि नभएको र आफन्त पनि कोही नभएकाले आवश्यक सहयोग गर्न पनि उहाँहरुले अपील गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *