समाचार

किन बढदै छ चीन र भारत को बिवाद

भारत-चीन बीचको सीमा विवाद ४१ दिनदेखि चर्किरहेको छ। ५ मे को राति चीन-भारत आमनेसामने भएका थिए र ढुङ्गा हानाहान को अवस्था सिर्जना भएको थियो। पाङत्सो र गल्वान (Galwan) क्षेत्रमा भारतले सीमा मिचेर सैन्य उपस्थिति बढाएपछि भारत-चीन बीचको सैन्य टकराब भएको हो। यधपि समाधानका लागि भारत र चीनबीच कुटनीतिक र सैन्य च्यानलमार्फत वार्ता भइरहेका बेला ६ जुनमा दुई देशबीच कमाण्डर स्तरमा भएको छलफलकोे सहमतिलाई उल्लंघन गर्दै सोमबार दुईपटक भारतीय सेनाले सीमा नाघेर अवैध गतिविधि तथा चीनियाँ सेनाविरुद्ध आक्रमणको प्रयास गरेका छन् ।

यसले दुई पक्षबीच द्वन्द्व निम्त्याएको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझानले मंगलबार नियमित पत्रकार भेटका क्रममा भनेका छन्, ‘चीनले यस विषयमा कडा विरोध जनाएको छ र सहमतिअनुसार आफ्ना फ्रन्टलाईनका सेनालाई पछाडि हटाउन माग गरेको छ । सीमा ननाघ्न र सीमाको अवस्थालाई कठिन बनाउने गरी कुनै पनि एकपक्षीय कदम नचाल्न भारतलाई चेतावनी दिएको छ। चीन र भारतले सीमा क्षेत्रमा तनाव कम गरेर शान्ति कायम गर्नका लागि संवादमार्फत दुईपक्षीय समस्या समाधान गर्ने सहमति गरेका छन्,’ झाओले भने ।

भारतले चीनसँग मित्रताको सम्बन्ध बढाउन आवश्यक छ। यसो गर्दा भारतको शक्ति राष्ट्र हुने सपना पूरा हुन्छ। यदि पश्चिमा को निर्देशनमा चीन को विरुद्ध लागे केही क्षण मै तहसनहस हुनेछ, इतिहास साक्षी छ, १९६२ मा चीनसँग युद्ध हारेको भारतले वर्तमान चीन को शक्ति बुझ्न आवश्यक छ, महाशक्ति चीनको अघि भारतको शक्ति अतुलनीय छ। भारत सचेत होस् र शान्ति कायम गर्नको लागि अग्रसर होस्। भारतको छिमेकीप्रति को हेपाहा प्रवृत्ति सच्चाउन आवश्यक आवश्यक छ । – लेखक – शिबराज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *