समाचार

एमसीसी ल्याउन खोजे सडकबाट ओली सरकारको विकल्प खोज्छौं–नेता तिलक थापा

असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तिलक थापा मगरले अमेरिकाको सामरिक रणनीतिक स्वार्थ सँग सम्बन्धीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नामको राष्ट्रघाती सम्झौता लागु गर्न खोजेमा ओली सरकारको विकल्प सडकबाट खोज्ने भन्दै कडा चेतावनी दिएका छन् ।

एमसीसी खारेजीको माग गर्दै हिजो राजधानीको माईतिघर मण्डलामा दश दलले गरेको संयुक्त् विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई त्यस्तो चेतावनी दिएका हुन ।

उनले अमेरिकी साम्राज्यवादले नेपालमाथी आफ्नो हैकम चलाउनका लागि सहयोगको नाममा खतरनाक योजना एमसीसी ल्याउन लागेको र त्यसका विरुद्धमा आम देशभक्त नागरिकहरु आन्दोलित भएको अवस्थामा सरकाले सडकको आवाज नसुनेमा त्यसले ओली सरकार थलापर्ने संकेत समेत गरे ।

उनले भने–‘एमसीसी नेपाली जनताको हितमा छैन । किनभने त्यसले नेपालका श्रोत र साधनमाथी अधिकार लिने आफ्नो साम्राज्यवाद लागु गरि राष्ट्रिय स्वतन्त्रमाथी हमला गर्ने नीति अघि बढाएको निश्चित छ । एमसीसीका माध्यमबाट अमेरिकाले नेपालमा आफ्नो साम्राज्य लागुगर्न खोजेको विषय प्रष्ट छ । यो सरकारले हाम्रो आवाज सुनिराखेको छैन तर सुन्न हामी बाध्य बनाएरै छाड्छौं ।’

वर्तमान सरकार दलाल, तस्करहरु, राष्टघाती, जनघातीहरुको पक्षमा रहेको तर्क गर्दै उनले जनविरोधी ओली सरकारको विकल्प नखोजेमा मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रतामाथि गम्भीर खतरा आउने सम्भावना बढेकाले सडक आन्दोलनलाई पेचिलो सडकबाटै निकास खोज्नुपर्ने बताए ।
उनले सत्ताँरुढ नेकपाभित्र असल र देशभक्त नेताहरु पनि रहेको औंल्याउदै भने–‘तपाईहरु यो राष्ट्रघाती कदमको विरोधमा उत्रिनुहोस् । देश र जनताको अहितमा, राष्ट्रिय स्वतन्त्रताको विरुद्धमा ल्याउने तयारी गरिएको एमसीसी खारेजीको लागि आवाज उठाउनुहोस् । हामी त्यहाँ रहेका इमान्दार नेताहरुलाई त्यहि आह्वान गर्न चाहन्छौं ।
उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदसय समेत रहेका उक्त पार्टी समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका महासचिव परी थापाले मुलुकको सार्वभौमिकता तथा स्वतन्त्रतामाथी खतराको रुपमा, अमेरिकी सामरिक रणनीतिको स्वार्थबाट आएको एमसीसी कुनैपनि हालतमा खारेजी हुनुपर्ने बताए ।
नेता परी थापाले वर्तमान ओली सरकारले देश र जनताको हित विपरित अमेरिकी एजेन्डामा दलाली गरेर मुलुकमा गम्भीर संकट निम्त्याउने कुचेष्टा गरिरहेको भन्दै त्यसका विरुद्ध आम देशभक्त नागरिकहरु, सामाजिक अभियन्ताहरु, राजनैतिक दलहरु एकताबद्ध भएर सडक संघर्षमा उनित्रुपर्ने बताए ।
उनले आन्दोलनको बलबाट राष्ट्रघाती, जनघाती सरकार र व्यवस्थालाई हत्याउँदै जनभावनाको सम्मान गर्न सकिने बताए । उनले सबै देशभक्त नागरिकहरुलाई एमसीसी खारेजी नभएसम्म आन्दोलन अझ संगठित बनाउँदै लैजानुपर्ने धारणा समेत राखेका थिए ।
एमसीसी खारेजीको माग गर्दै दश दलले गरेको विरोध कार्यक्रममा अन्य संघ, सस्था, सामाजिक अभियन्ता, देशभक्त नागरिकहरुको समेत दिनहुँ ऐक्यबद्धता, समर्थन बढ्दै गएको देखिन्छ ।
हिजोको कार्यक्रममा नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), हाम्रो पार्टी नेपालमा ब्रह्माण्ड, पुष्पलाल अध्ययन समाज, नेपाल राष्ट्रियता तथा जनअभियान संरक्षण मञ्च, एमसिसी खारेज युवा विद्यार्थी अभियान लगायतको ऐक्यबद्धता रहेको थियो ।
त्यसैगरी नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले समेत एमसीसीको पूर्ण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा उत्रिन आह्वान गरे । नेता पुरीले मुलुकको हित विपरितको एमसीसी कार्यान्वयनमा लाग्नु ओली सरकारको राष्ट्रघाती कदम प्रष्ट बनेको बताए ।
उनले एमसीसी अमेरिकाको सैन्य परियोजना भएको बताए । उनले त्यो कार्यान्वयन गरिएमा नेपाल अमेरिकाको सैन्य गठबन्धनको सदस्य बन्न पुग्ने र नेपाल अमेरिकाको कठपुतली देशमा परिणत हुने भन्दै खारेजको माग गरे ।
उनले आम देशभक्त नागरिकहरु, राजनीतिक दलहरु एकातिर र राष्ट्रघाती, जनघातीहरु अर्कोतिर लागेको भन्दै अन्त्यमा देशभक्तहरुकै जित हुने ठोकुवा गरे । उनले सरकारलाई राष्ट्रघाती हर्कत रोक्न सचेत समेत बनाएका थिए ।
उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, नेकपा (माले) का पिबिएम सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बरविक्रम कार्की, नेकपाका केन्द्रीय उपाध्यक्ष लोकनारायण सुवेदी, नेकपा (संयुक्त) का नारायण थापा र राष्ट्रिय जनजागरण परिषद्का सुधीर कर्माचार्य लगायतका नेताहरुले समेत सम्बोधन गरेका थिए ।
त्यसैगरी उक्त विरोधको कार्यक्रमप्रति एक्यवद्धता जाहेर गर्दै नेपाल सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष भावना विद्रोही, पुष्पलाल अध्ययन समाजका बोर्णबहादुर कार्की, एमसिसी खारेज अभियानका आरसी न्यौपाने, युवाविद्यार्थी अभियानका घाइते नवीन, नेपाल राष्ट्रियता तथा जनअभियान संरक्षण मञ्च र एमसिसी खारेज युवा विद्यार्थी अभियानका अगुवाहरुले समेत सम्बोधन गर्दै एमसीसी खारेजको माग गरेका थिए ।
एमसीसी विरुद्धको आन्दोलनलाई संगठित रुपमा अघि बढाउनका लागि दश दलीय मोर्चाले जेष्ठ २८ गतेको संयुक्त बैठकबाट ६ गतेसम्म केन्द्र, प्रदेश र जिल्ला स्तरसम्म निरन्तर आन्दोलन चर्काउने निर्णय गरेको छ । दश दलीय मोर्चा आन्दोलनलाई अझ पेचिलो बनाउँदै निर्णायक बनाउने बताउँदै आएको छ ।
एमसीसी खारेजी माग राख्दै माओवादी केन्द्र लगाएयत विभिन्न दश दलको आज विरोध कार्यक्रम (विज्ञप्तीसहित)
काठमाडौ । नेकपा (माओवादी केन्द्र) सहित विभिन्न दश दल र अन्य संघ, संगठनहरुले आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *