समाचार

३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा

२ असार, नेपालगन्ज । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई असार महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो।

सरुवा सूची अनुसार १६ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। एसपी जिल्ला क्रमश : तनहुँ, सिरहा, चितवन, बाँके, धनकुटा, डोटी, कास्की, महोत्तरी, भक्तपुर, पूर्वी नवलपरासी, पाल्पा, ईलाम, कपिल्वस्तु, उदयपुर, सुर्खेत, मोरङ र गोरखाका प्रहरी प्रमुख फेरिएका हुन्।एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो ।

त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।

तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *