समाचार

नेपाल-भारतका सुरक्षा निकाय द्वारा सुरक्षा सम्बन्धित संयुक्त छलफल

१ असार, कृष्णनगर । कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्र मा नेपाल भारत का सुरक्षा निकाय द्वारा सुरक्षा सम्बंधि संयुक्त छलफल भएको छ ।

भारतको सिद्धार्थ नगर जिल्ला को बढ्नी को सिमा सुरक्षा बल को क्यामप मा संयुक्त छलफल भएको छ ।जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही, भारत बढ्नी सिमा सुरक्षा बल (SSB) का प्रमुख , बढ्नी प्रहरी प्रमुख लगाएतमा संयुक्त छलफल भएको छ । त्यस्तै भारत को घरूवार भन्ने ठाउमा पनि जनता र भारत नेपाल का सुरक्षाकर्मी बिच विभिन्न बिषयमा छलफल समेत भएको छ।

नेपाल भारत आवागमन गर्ने व्यक्तिहरूको व्यवस्थापन, सिमानाका सहायक नाका बाट हुनसक्ने चोरी निकासी नियन्त्रण, दशगजा नजिकको गाँउ क्षेत्रका वासिन्दा हरु बिच हुने झै झगड़ा, हातपात का व्यवस्थापन, संक्रमण व्यवस्थापनमा दुई देशको स्थानीय तहवाट गर्न सकिने समन्वय, लकडाउनको प्रभावकारिता लगायत अन्य सुरक्षा सम्बंधि छलफल भएको जानकारी प्राप्त भएको छ । जस्मा दुबै देशका सुरक्षा निकाय बिच परस्परिक सहयोग आदान प्रदान हुने जन विस्वास रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *