समाचार

करिब ५० के जि अबैध सुपारी जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा

अजय पाठक

१ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको सुपारी बरामद गरि नियन्त्रणमा लिएको छ । सो सुपारी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ जंगलिसिंहपुरवा स्थित भारत तर्फ लैजाने क्रममा नियन्त्रणमामा लिएको हो ।

आइतबार करिब ११:४५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३-बाँके, जंगलिसिंहपुरवा बाट भारत तर्फ लैजादै गरेको करिब ५० के.जी. सुपारी बरामत गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

जि प्रा. का बाँके बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिने क्रममा निज सुपारी चोरी पैठारी गर्ने ब्यक्ति सुपारी छाडी भागेको र सुपारी प्रहरी कार्यालयमा ल्याई आवस्यक कारवाही अघि बढाइ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले सो कार्यालयको फेसबुक मार्फत जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *