अजय पाठक
१ असार, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आज गए राती २:३० बजेको समयमा नौ वटा ट्र्याक्टर सहित १३ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को बाटो हुदै केही मानिसहरुले अवैध बालुवा, ग्रावेल चोरी निकासी गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा आउदै गरेका भे १ त ९२३७, भे १ त ८३६२, भे २ त १२३, भे १ त ५९२६, भे १ त ६९६४, भे १ त ४२४६,भे १ त ७१४९,भे.१त ५२६२ र एउटामा नम्बर नभएको ९ वटा ट्रयाक्टरमा अवैध रुपमा चोरी निकासी गरि ल्याउदै गरेको वालुवा ग्रावेल फेला पारी नियन्त्रणमामा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले सो कार्यालयको फेसबुक पेज मार्फत जनाएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरी टोली माथी नै वाद विवाद गरि अभद्र व्यवहार गरेको आरोपमा मानिसहरु माथी अभद्र व्यवहार कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
साथै नियन्त्रणमा लिईएका ट्रयाक्टर तथा सो मा लोड वालुवा, ग्रावेल आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिती बाँकेमा बुझाईएको छ ।