समाचार

फासीवादी सरकारले हवाई मुल्य निर्धारण गरेको बारे प्रेस बिज्ञप्ती

३१ जेठ, काठमाडौं । उपरोक्त सम्बन्धमा बिगत तिन महिना देखी कोरोना भाइरस कोभिड-१९ को महामारीको कारण आज विश्व नै तनावग्रस्त भएको अवस्थामा नेपाली श्रमिकहरु भोकभोकै प्रवासमा अलपत्र मात्रै होइन आत्महत्या गर्नुपर्ने अवस्थासम्म आइसकेका छ । यस्तो कहालीलाग्दो र भयावह अवस्थामा समेत फासीवादी सामाजिक दलाल सरकारले प्रवासमा अलपत्र र बिचल्ली परेका श्रमिकहरुलाइ समयमा नै कुटनैतिक पहल गरि स्वदेश फर्काउन नसक्नुको परिणाम अहिले मजदुरहरुले समस्या र अनेकाै दुख कस्ट जेलि रहेको अवस्था छ । जीवन यापनकै लागी देश छोडेर रोजगारको सिलसिलामा प्रवासमा आफ्नो श्रम बेच्न बात्या भएको छ । लाखौ प्रवासी नेपाली श्रमिक जस्को रेमिटेन्सले देशको अर्थतन्त्र चल्दै आएको छ आज तिनै श्रमिक समस्यामा पर्दा पनि उद्धारको बाहनामा यो फासीवादी समाजिक भ्रष्ट दलाल सरकारले लुट प्रवृति देखाउदा प्रवासमा एक छाक खाएर बेखर्ची भई स्वदेश फर्कने आशमा रहेका आम नेपाली श्रमिक सँग सरकारले तोके बमोजिम आर्थिक नहुदा जटिल समस्यामा परेको छ ।

पछिल्लो समय चौतर्फी राष्ट्रघाती एमसिसि जस्ता अान्दोलन दबाब र आलोचना बेहोर्दै आएको फासीवादी सरकारले,अन्तिम समयमा आएर प्रवासमा अलपत्र परेको नेपाली मजदुरहरुको उद्दार गर्ने भन्ने निर्णय पछि थोरै भए पनि अलपत्र परेका मजदुरहरुमा आशा पलाएको थियोे त्यो आशा अहिले निरसमा परिन्थ भएको छ ।

अहिले मुख्य गरि युएई ,साउदी ,मलेशिया ,कतार ,कुवेत, बहराइन , माल्दिभ्स, ओमन,साइप्रस दक्षिण कोरिया लगाएत अन्य देशमा रहेका नेपाली मजदुरहरुको अवस्था नाजुक छ तर विडम्बना नै भन्नुपर्छ फासीवादी सरकारले मजदुर उद्दारको पुन अलपत्र परेको मजदुरलाई आत्महत्या गर्न बाध्य बनाउने उदेश्यले चर्को हवाई मुल्य निर्धारण गरेको बारेमा हाम्रो बिद्रोही नेपाल कम्युनिस्ट पार्टी,अन्तर्राष्ट्रिय प्रवास ब्युरो सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाको गम्भीर ध्यानाकर्षण भएको छ ।

फासीवादी सरकारले निर्धारण गरेको टिकट मुल्य पिसिआर टेस्ट शुल्क रु. १० हजार क्वारेन्टाइन खर्च साधारण होटलको दैनिक रु.३ हजार १५ दिनको , रु. ४५ हजार गरेर एक जना नेपालीको जम्मा खर्च रु.१ लाख १८ हजार नेपाली रुपैया करिबकरिब हुन आउछ । प्रवासमा छट्पटी रहेका बिरामी भएर हस्पिटलमा उपचारत तथा लामो समय देखी रोजगारी गुमाएर अत्यन्तै नाजुक अवस्थामा रहेको मजदुरहरु माथी चर्को मुल्य निर्धारण गरेर फासीवादी सरकारले प्रवासमा रहेका मजदुरको उद्दार होइन आत्महत्या गर्न बाध्य बनाउने खाल्को फासीवादी सरकारको यो निर्णय हर्कत प्रति नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले घोर भत्र्सना आपतीप्रकट गर्दछौ ।

साथै मजदुर हितविपरीत यो निर्णय छिटोभन्दा छिटो हवाई मुल्य परिवर्तन गरि बिरामी,अशक्त,विगत लामो समयदेखी रोजगारी गुमाएर अलपत्र अर्थात नाजुक अवस्थामा रहेका नेपाली मजदुरलाई अवस्था हेरि निशुल्क र न्युनतम शुल्कमा सरल र सहज तरिकाले कुटनैतिक पहल गरि स्वदेश फर्किने वातावरण बनाउन फासीवादी सरकार संग मलेसिया मोर्चाले जोडदार माग गर्दछौं । जति पनि प्रवासमा रहेका विभिन्न संघ सस्थाहरुले यो लुट नीति विरुद्ध एकबद्ध भएर दबाब दिनु बाहेक अरु कुनै विकल्प छैन । मजदुर माथि हुने यस्तो शोषण अन्य विरुद्ध एकबद्ध हुन आज आवश्यकता हो ।

अभिवादन सहित

        अध्यक्ष

      बिजय लामा

नेपाली जनप्रगतिशील मोर्चा मलेसिया केन्द्रीय समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *