अमृत भट्टराई
३१ जेठ, बिहादी, पर्वत । गण्डकी प्रदेशको पर्वत जिल्लामा फेरी आज ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकी प्रदेशको पोखरामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा आज फेरी पर्वतका नयाँ ४ जना संक्रमित लाई कोरोना पोजेटिभ पुष्टि भएको हो । यो सँगै पर्वतमा कोरोना संक्रमितको कुल संख्या २६ पुगेको छ ।
आज कोरोना पुष्टि हुनेमा कुश्मा नगरपालिका वडा नम्बर १ ० का ६ बर्षिय बालक र १७ बर्षकी महिला जलजला गाँउपालिकाका वडा नम्बर १ का १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका वडा नम्बर ५ लुंखुदेउराली का १६ वर्षका एक पुरुषमा सङ्क्रमण पुष्टि भएकाे हाे ।
यो सँग पर्वत मा कुल कोरोना संक्रमित को संख्या २६ पुगेको छ ।
हिजो पनि पर्वतका १३ जनामा कोरोना पुष्टि भएको थियो । पहिलोपटक पर्वतमा गएको जेठ २० गते ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
