समाचार स्वास्थ्य

कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

३१जेठ, बाँके । नेपालमा २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार २ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । 

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ९ सय १३ पुगेको छ । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । शनिबार संक्रमण पुष्टि भएका २ सय ७३ मध्ये २ सय ४७ पुरुष र ३६ महिला छन् । ४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *