समाचार

लद्दाखको वास्तविकता

DAULAT Beg Oldie (DBO) एक ऐतिहासिक शिविर हो
जहाँ वर्तमान समयमा भारतीय सैन्य आधार छ जसले
एक प्राचीन व्यापार मार्ग लद्दाख (भारतीय- कश्मीर: IoK) लाई तारिम बेसिन (Tarim Basin of China) मा जोड्छ । पूर्वबाट पश्चिमतर्फ हुदै Beg Oldie को दक्षिणमा चिप चाप नदी बग्छ। दौलत बेग ओल्डिको DBO मा ५०६५ मिटर उचाईमा एयरपोर्ट छ, जुन विश्वको सब भन्दा उच्च स्थानको उडान एयरस्ट्राइप हो। DBO काराकोरम रेन्जको पूर्वतर्फ पर्छ जहाँको मौसम निकै चिसो हुन्छ र यो IOK को उत्तरतर्फ र चिनियाँ सिमाना देखि ८ कि. मी दक्षिणतर्फ पर्छ र अक्साइ चिन को ९ कि.मी उत्तर-पश्चिम मा लाइन अफ यकचुअल कन्ट्रोल नजिक पर्छ । सियाचिन ग्लेशियर सैन्य अड्डा बाहेक को यो भारतको सबैभन्दा उत्तरी बस्ती हो। दक्षिणमा एक शहर मर्गो छ जसमा बाल्टिसको सानो जनसंख्या छ।

भारत सरकारले २००१ मा लेह (Leh) देखि DBO सम्म मोटर सडक निर्माण गर्ने योजनाको घोषणा गरेको हो। डार्बुक-श्योक-डीबीओ (DSDBO) सडक अक्टुबर महिना को २०१९ मा सम्पन्न भयो जो २५५ कि. मी छ र यो सडक ४०००-५००० मि को उचाइमा रहेको छ। पछिल्लो समयमा, भारत सक्रिय रूपमा यस क्षेत्रमा मुख्य रोडसँग जडान सडकहरू विकास गर्नमा संलग्न भएको छ। DBO र पूर्वी लद्दाख क्षेत्रमा भारतले आफ्नो सैन्य उपस्थिति बाक्लो बनाएको छ। डीबीओ र पूर्वी लद्दाख क्षेत्रका यी तीन ब्रिगेडहरूले सियाचिन ग्लेशियरमा अपरेशन्स बृद्धि गर्न सक्नेछन् साथै अक्साइ चिन र तिब्बत क्षेत्रहरूमा चिनियाँ सीमा चौकीहरूलाई धम्की दिएका छन्।
यी घटनाक्रमको साथसाथै IoK को संवैधानिक स्थितिमा परिवर्तन र नयाँ भारतीय नक्शा जारी गर्दा कसमिर लाई भारतको हिस्साका रूपमा देखाउँदा पाकिस्तान र CPEC को लागि चिन्ताजनक स्थिति सिर्जना भएको छ। चीनले धैर्यतापूर्वक यस परिस्थितिलाई हेरिरहेको छ र भारतीय नेतृत्वलाई पाकिस्तान र चीनसँग कुनै प्रकारको समझदारी विकास गर्न कोसिस गरिरहेको थियो, तर अमेरिकाको समर्थन गरेको मोदीले भारतको नीतिहरूलाई निरन्तरता दिए। यसको परिणाम स्वरूप २०२० को अप्रिल तेस्रो हप्तामा पीपुल लिबरेशन आर्मी (पीएलए) र भारतीय सेनाको लडाख मा गस्ती गर्ने क्रममा केही झगडा भयो।

भारतमा पनि सरकारको उच्च तहमा रहेको एक समुहमा पश्चिमा शक्ति को हावि छ। यही समुह बेला बेलामा पश्चिमा को निर्देशनमा चीन को विरुद्ध उत्रिन तयार हुन्छ जसको फलस्वरुप सीमा विवाद लगायतका विभिन्न घटना भैरहेको छ। पश्चिमा कै निर्देशन मा चीन लाई जिसकाउने कार्य भइरहेको छ।
भारतको अतिक्रमण र सीमा मिचेको नेपाल, पाकिस्तान, मात्र नभई चीन संग पनि सीमा विवाद छ। यसको कारण ले भारतको साख दक्षिण एसिया क्षेत्रमा गिर्दो छ। यदि विवाद चुलिदै गय भारतको निम्ति निकै खतरा साबित हुनेछ।
चीनको नीति निकै फराकिलो छ जसले समान व्यवहार, सह-अस्तित्व र अ-हस्तक्षेप को नीति तर्जुमा गरेको छ। छिमेकी राष्ट्र संग सहकार्य र सहयोग गर्दै सानो राष्ट्र लाई विकास निर्माणमा उकास्दै आफु संगसंघै अघि बढ्ने चीनको नीति छ।
भारतको नीति हस्तक्षेप र सानो राष्ट्र माथि एकाधिकार जमाइ शक्ति राष्ट्र हुने योजना छ। छिमेकी राष्ट्र माथि पूर्ण हस्तक्षेप गरी प्रभाव बढाउने भारतको नीति निर्माण सरकलमा यथावत् छ। भारतको कार्य एसियाली मुलुकको हकहित मा छैन। भारतकै दादागिरी ले गर्दा विभिन्न देशको सम्बन्ध खलबलिने क्रममा छ। भारतले नेपालसँग को सीमा विभिन्न ठाउँमा मिचेको छ र कालापानी र लिमपियाधुरा भुभाग अतिक्रमण गरेको छ। पश्चिमा को निर्देशनमा भारतले चीन संग सीमावर्ती क्षेत्रमा लडाइ को माहोल सिर्जना गरेको छ। भारत किन लडाई चाहन्छ? के लडाइ भारतको हीतमा छ?पक्कै पनि भारत को हीतमा छैन। युद्ध ले १९६२ भन्दा दोब्बर घाटा भारतलाई हुने निश्चितप्रायः नै छ। तसर्थ आफ्नो मुलुक र नागरिक को हीतको लागि र शक्ति राष्ट्र को लक्ष्य लिदै विकास निर्माणका कार्य गर्दै छिमेकी संग को सन्तुलित सम्बन्ध कायम गर्न भारतको निम्ति अत्यावस्यक छ। एसियाली मुलुकको समृद्धि र शान्ति स्थापना को लागि भारतले समयमै सहि कुटनीति र अहसतक्षेप को नीति तर्जुमा गर्न आवश्यक छ, यदि नगरेको खण्डमा भारतले यस क्षेत्रमा आफ्नो विश्वास गुमाउने छ।लेखक – शिबराज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *