समाचार

सिमा विवाद को बास्तबिकता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको G7 लाई G11 वा G12 मा विस्तार गर्ने प्रस्ताव लाई सकारात्मक जवाफ दिए जसमा भारत लाई पनि समावेश गरिने आश्वासन दिएको छ। मोदी-ट्रम्प बीच भएको एक फोन वार्तालापमा मोदीले ट्रम्पको रचनात्मक र दुरदरशी दृष्टिकोणको प्रशंसा गरे र G7 लाई विस्तारित फोरम गराउने प्रयत्‍नले कोभिड १९ पछिको उदाउदो विश्वको भविष्य सुनिशचित हुने आशा व्यक्त गरे। G7 को विस्तारित योजनामा अमेरिकाले भारतलाई समावेश गर्न चाहनुको मुख्य कारण हिन्द- प्रशान्त रणनीति अन्तर्गत पर्दछ जसको मुख्य मिसन उदाउदो चीनलाई रोक्नु हो।

ट्रम्पको योजनाप्रति भारतको सकारात्मक प्रतिक्रिया आश्चर्यजनक कुरा होइन। किनकी भारतले पनि विश्वको ठूलो शक्ति हुने महत्त्वाकाङ्क्षा लिईएको छ र यो सपना बुनदै विश्वको शीर्ष अन्तर्राष्ट्रिय फोरमहरूमा भाग लिन चाहेको छ।

हालको दिनहरूमा चीन-भारत सीमा विवाद को पर्दा पछाडि को मुख्य कारण पनि अमेरिकाको G7 को विस्तार गर्ने विचारलाई समर्थन गरेर चीनलाई अल्झाउने प्रयास भएको भन्ने कुरा स्पष्ट नै छ। “शत्रु को शत्रु मित्र ” भनेझै चीनलाई दबाब दिदा अमेरिकाको नजिक भइन्छ भन्ने भारतीय विश्वास छ। यस्तो तुच्छ विश्वासले भविष्यमा एसियाली क्षेत्र मा द्वन्द्व निम्त्याउन सक्छ।
भारतीय विस्तारवाद र सिमाना अतिक्रमण विभिन्न देशमा यथावत् छ। दक्षिण एसियाली क्षेत्रीको शक्ति राष्ट्र र विशाल क्षेत्रफल भएपनि छिमेकी राष्ट्रप्रति हेपाहा र मिचाहा प्रवृत्ति भारतको निम्ति खतराको घण्टी साबित भएको छ। चीनको गलवान भ्याली (Galwan Valley) नजिकै लाईन अफ यकचुअल कन्ट्रोल भित्र पर्नेगरि भारतले १० कि. मि सडक निर्माण गर्दा सीमा विवाद भएको हो। सीमा विवाद को प्रमुख कारण नै भारत भएको सबैलाई जानकारी नै छ। चीनसँग विवाद गर्दा भारतको महत्त्वाकाङ्क्षा पुरा हुँदैन, छिमेकि संग को विवादले शान्ति र प्रगति अवश्य हुँदैन। यदि विवाद को घटना ले युद्ध नै भए १९६२ को भन्दा तहसनहस हुने निश्चित नै छ। समयमै सचेत हुनु भारतको निम्ति निकै आवश्यक छ।

भारतको रणनीतिक र नीति निर्माण सर्कल एउटा सानो समुहको हातमा छ जसले चीनप्रति नकारात्मक दृष्टिकोण राख्दछ। चीनको उदय हुदै गर्दा बेइजिङ – नयाँ दिल्ली बीचको बढ्दो अन्तरको साथ चीनप्रति भारतको चिन्ता पनि बढेको छ। यधपि यदि भारतले चीनलाई एक काल्पनिक शत्रुको रूपमा बुझेर अमेरिकी सर्कलमा सामेल भयो भने चीन-भारत सम्बन्ध बिग्रन्छ जो भारतको हीतमा हुँदैन र एसियाली क्षेत्रमा द्वन्द्व बढ्छ। लेखक – शिबराज कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *