समाचार स्वास्थ्य

नेकपा खजुरा गाउँपालिका कमिटीले यहि शनिबार रक्तदान गर्ने

२८ जेठ, खजुरा । नेकपा खजुरा गाउँपालिका कमिटीले यहि शनिबार रक्तदान गर्ने भएको छ ।

लकडाउनका बेलामा गर्भबती, सुत्केरी महिला तथा दुर्घटनामा परेकाहरुको लागि रगतको कमि हुन नदिनका लागि पालिका कमिटीले रक्तदान गर्ने निर्णय गरेको अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

मंग्लवार खजुरामा बसेको पालिका कमिटीको बैठकमा पार्टीका ८ वटै वडाका अध्यक्ष र सचिबहरुको सहभागिता रहेको थियो । बैठकमा भिम ओली, यामबहादुर महतरा लगायत नेताहरुको सहभागीता रहेको बिकले जानकारी दिए ।

शनिबार गरिने रक्तदान कार्यक्रममा पार्टीका कार्यकर्ता लगायत विद्यार्थी तथा युवाहरुको सहभागी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *