समाचार स्वास्थ्य

कोहलपुरमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि

अजय पाठक
२८ जेठ, बाँके ।
बाँकेको कोहलपुर नगरपालिकामा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

बुधबार भेरी अस्पतालको प्रयोगशालामा पहिचान भएको covid 19 संक्रमीतहरु थप ५ जनामा संक्रमण पत्ता लागेको हो । जसमा मध्य बाँकेको कोहलपुर-१२ का ३ जना १८ देखि २२ वर्षका पुरुष, एक जना १८ वर्षको मधुबन-६ गुलरियाका पुरुष, र आर्को सुनिल समृती-८ रोल्पा घर भएकि २५ वर्षिय महिला हुन ।

बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौंडीको ज्ञानज्योती माविको क्वारेन्टाईनमा बसि रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको हो ।

उनीहरु भारतबाट आएका थिए, चप्परगौंडीको ज्ञानज्योती माविको क्वारेन्टाईनमा बसिरहेका ब्यक्तिहरुलाई पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोहलपुरमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भए पश्चात् तीन जनालाई आईसोलेशनमा राख्ने तयारी गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *