समाचार स्वास्थ्य

बाँकेमा आज थप २९ जना कोरोना संक्रमित निको भएर घर फर्के

२७ जेठ, खजुरा । बाँकेमा आज थप २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । 

नरैनापुर गाउँपालिकाका २२ जना र राप्तीसोनारी गाउँपालिकाका ७ जना आज डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेका २ सय ७९ जना संक्रमित मध्ये ९७ जना निको भएर घर फर्केका छन् । हालसम्म नरैनापुरका मात्रै १ सय १८ संक्रमित मध्ये ६० जना डिष्चार्ज भएका छन् । एक जनाको भने मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *