समाचार स्वास्थ्य

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु

चितव,२७ जेठ (एजेन्सी)। भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *