समाचार स्वास्थ्य

बाँकेका थप २० जनाले जिते कोरोना

२६ जेठ, बाँके । बाँकेका थप २० जनाले कोरोनालाई जितेर घर फर्किने भएका छन ।

बाँकेको कृषि तालिम केन्द्र, खजुरा आइसोलेसनबाट सोमवार नरैनापुर गाउँपालिकाका २० जना निको भएर घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन ।

नरैनापुर वडा नम्बर १ का १ जना, वडा नं ४ का ३ जना र वडा नं ३ का १६ जना गरी २० जना सबै पुरुषहरु रहेका श्रेष्ठले बताएका हुन । यो संगै बाँकेमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ६८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *