समाचार स्वास्थ्य

कोरिना पोजेटिभ भएका १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

२६ जेठ, बाँके । स्याङ्जामा कोरोना संक्रमित एक जनाको निधन भएको छ ।

कोरोना पोजेटिभ भेटिएका वालिङका एक जनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
वालिङका ६० बर्षका पुरुषमा हिजो साँझ मात्रै कोरोना पुष्टी भएको थियो ।
जेठ २१ गते राती भारतबाट वालिङ आईपुगेका ती पुरुषलाई २२ गते बिहानै पोखरा पठाईएको थियो । बिभिन्न रोगका बिरामी भएको जानकारी पाए पछि तत्कालै पोखरा पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।
भारतको दिल्लीमा बस्दै आएका ति व्यक्ति सुनौली सम्म बिभिन्न सवारी साधानमा आएका र सुनौलीबाट आफैले गाडी रिजर्भ गरेर आएका थिए । सुनौलीबाट श्रीमान् श्रीमती मात्रै आएका वालिङले जनाएको छ ।
उनमा पहिलेदेखिनै मृगौला, सुगर लगायतका समस्या भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *