समाचार स्वास्थ्य

सुदूरपश्चिममा कोरोना संक्रमतिको संख्या उकालो लाग्दै, संक्रमीत संख्या १०० नाघ्यो

२५ जेठ, बाँके । सुदूरपश्चिममा कोरोना संक्रमतिको संख्या उकालो लाग्दै गएको छ सुदूरपश्चिममा शनिबार सम्म संक्रमितको संख्या एक सय ९ पुगेको छ ।

संक्रमित मध्ये एक सय ५ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको कर्णाली प्रदेशमा उपचार भईरहेको छ । प्देश भित्र संक्रमित मध्ये १८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।
सबैभन्दा बढि कैलालीका ४६ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७,  ७ बैतडीमा ६, बाजुराका ३ र दार्चुलाका १ जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिममै सबैभन्दा बढि कैलालीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या कैलालीमा ४६ पुगेको छ । शनिबार कैलालीको गोदावरीका एक जनप्रतिनिधि, धनगढीकी ५५ बर्षीय मृतक महिला र गौरीगंगाका चार जना पुरषमा कोरोना पुष्टि भएको छ ।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा १९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एक एक जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *