समाचार स्वास्थ्य

थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि

जेठ २५, नेपालगन्ज । नेपालमा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको जानकारी दिए ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै दुई सय १३ जनामा कोरोना पुष्टि भएको हो।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज थपिएका संक्रमित मध्ये दुई सय ९ पुरुष र ४ महिना रहेको बताए। नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *