समाचार स्वास्थ्य

वडा स्तरीय माता बागेश्वरी आमा समूह र महिला बिकास समूह द्वारा स्वास्थ्य सामग्री तथा सचेतना मुलक कार्यक्रम सम्पन्न

२४ जेठ, बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा न. २ स्तरीय माता बागेश्वरी आमा समूह र वडा न. २ महिला बिकास समूह द्वारा covid 19 सम्बन्धि सचेतना तथा स्वास्थय सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथी वडा न. २का अध्यक्ष सुनिल सिंह हमालको उपस्तिथिमा स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको थियो । बाँकेमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढन थाले पछी वडा न. २मा नेपालगन्ज उप- महानगरपालिका वडा न. २, बाँकेको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।

वडा स्तरीय माता बागेश्वरी आमा समूह बाँके र वडा स्तरीय महिला बिकास समूह, बाँकेको आयोजनामा सो स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथीले सरकारले लागू गरेको समाजिक दुरि लाई कायम गरि वडा न. २ का किसोर किशोरी हरुलाई स्वास्थ्य सम्बन्धित सचेत गर्दै covid 19 जस्तो खतरनाक रोग बाट बच्नको लागि स्वास्थय सम्बन्धि बिचार धारणा राख्नु भएको थियो । कार्यक्रममा वडाको आर्थिक सहयोगमा सेन्टिलाइजर, माक्स, र साबुन वितरण गरिएको हो ।

वडा स्तरीय माता बागेश्वरी आमा समूह बाँकेले १००० पिस माक्स र सेन्टिलाइजर वितरण गरेको सो समुहको आयोजकले जनाएको हो ।

त्यसै गरि वडा स्तरीय महिला बिकास समूहले ५०० पि माक्स, सेन्टिलाइजर र साबुन वितरण गरेको सो समुहको आयोजकले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *