समाचार

कोरोना को कहर मा कृषि क्रान्ति

नेपाल कृषि प्रधान देश हो जुन कुरा हामी सबैलाई थाहा छ। अधिकांश नेपाली को मुख्य पेसा नै कृषि हो तर कृषि मा आधुनिकरण नभयको हुदा किसानको जीवन निकै कठिन भयको छ।

अहिले को वर्तमान समयमा महामरि को रुपमा फैलिएको कोभिड १९ ले विश्वलाई नै अन्धकार बनाइरहेको छ र मानिसको जनजीवन निकै कष्टकर भएको छ। विशवभर फैलिएको उक्त नामक भाईरस नेपाल मा पनि बढ्दो क्रममा छ र हामी ले ६५ दिन भन्दा बढी लकडाउन को समय निकै सावधानी पूर्वक विताएका छौँ।

वर्तमान लकडाउन को समय व्यापार व्यवसायीहरू को लागि निकै कठिन समय भएको प्रमाणित भइसकेको छ।

कोरोनाको कारण विदेश पलायन भएका युवा जनशक्तिहरु वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन् र मानिसहरु ग्रामीणमुखि भएका छन्। भाईरसको कारण नकारात्मक परिणाम भोग्नुपर्ने अवस्था भए पनि यदि हाम्रो इच्छा शक्ति दृढ हुनेहो भने हामीले सकारात्मक परिणाम निम्त्याउन सक्छौ। तर यसको लागि राज्यले उपयुक्त नीति अख्तियार गरि देशमा भएका युवा जनशक्ति लाई स्वदेश मै रोजगारी को वातावरण निर्माण गर्न सके देश को सुनौलो भविष्य सुनिशचित हुनेथियो। अझ भन्नुपर्दा युवा जनशक्ति ले स्वदेश मै पसिना बगाउँछु भन्ने सोच निर्माण गर्न आवश्यक छ र राज्य ले त्यस्तो सोच निर्माण गर्ने वातावरण सिर्जना गर्न अति आवश्यक छ।

देशको उर्वर भूमि को सदुपयोग गर्दै, उत्पादन मा वृद्धि गर्न कृषि क्रान्ति को आवश्यक महसुस भैरहेको छ। कृषि क्षेत्रको आधुनिकरण नगरि देशको समृद्धि र विकास मा टेवा पुग्दैन।
हामीलाई विगतदेखि नै घरपरिवारमा हलो जोते सानो भइन्छ भनेर सिकाइयो, समाजले पनि त्यही सिकायो । अनि सत्ताले पनि त्यही शिक्षा र संस्कृतिको निर्माण गरिदियो । फलस्वरूप हामी कृषिप्रति अनाकर्षित भयौं र हामीले कृषिलाई चिन्नै सकेनौं । उत्पादकत्व मात्र होइन, भइरहेको उत्पादन नै कम हुँदै हामी अरू देशको उत्पादनमा बाँच्न बाध्य भयौँ, सत्य यथार्थ यही हो। अहिलेको समयमा युवा शक्ति स्वदेश फिर्ता भैरहेको अवस्था छ। यदि युवा शक्ति को ध्यान कृषि आधुनिकरण तर्फ लग्न सके छोटो समयमा नै देशको विकास हुनेथियो, समृद्धि ले छिट्ै फड्को मार्ने थियो। सम्बन्धित निकायको यसतर्फ ध्यान दिन आवश्यक छ, समय सापेक्षित समाधान को निर्क्यौल गर्न सके उत्कृष्ट हुनेथियो। लेेखक – शिबराज काकि

Leave a Reply

Your email address will not be published. Required fields are marked *