समाचार स्वास्थ्य

२१ गतेको सुचनालाई रद्द गर्दै त्यस अघि कै कार्यतालिका अनुसार व्यवस्थापनको निर्णय

२३ जेठ, बाँके । जिल्ला प्रशासनले २१ गते जारी गरेको सुचनालाई रद्द गरेको छ । व्यवस्थापन सम्बन्धमा प्रशासनले २१ गते अघि जारी गरेको सुचनाकै अधारमा अत्यावश्यक वस्तुको पसल मात्र खोल्न पाइने सम्बन्धमा सुचना प्रकाशन गरेको हो ।

बाँके जिल्लामा जारी निशेधाज्ञा लाई थप व्यवसिथित र प्रभावकारी बनाइ सर्वसाधारणको जनजिविका सहज बनाउन २१ गते सर्वदलीय सर्वपक्षीय बैठकको सुझावका अधारमा अर्को सुचना नआएसम्म पसल, व्यवसाय संचालन सम्बन्धि समय तालिका प्रकाशन गरि कार्यान्वयनमा ल्याएकोमा २३ गते बजार र पसल व्यवसायमा सर्वसाधारणको उपस्थिति र स्वास्थ सुरक्षाको प्लान हेर्दा कोरोनाको संक्रमणको जोखिम बढन सक्ने अवस्था देख्दा २१गते प्रकाशन गरिएको सुचनालाई रद्द गर्दै आजै बाट अर्को सुचना प्राकशन गरेको छ । अत्यावश्यक र दैनिक उपभोग्य वस्तु र सेवाको हकमा २१ गते भन्दा अघि कै कार्यतालिका अनुसार दैनिक ११ देखि ३ बजे सम्म सो संग सम्बन्धित पसल, व्यवसाय मात्र खोल्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *