समाचार स्वास्थ्य

बाँकेमा थप १३ जना कोरोना संक्रमित डिष्चार्ज

२३ जेष्ठ, नेपालगञ्ज । बाँकेमा आज १३ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

नेपालगञ्जको खजुरारोडस्थित लायन्स डेण्टल अस्पताल र खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत १६ देखि ५५ बर्षका १३ जना आज निको भएर घर गएका हुन् ।

उनीहरु १४ देखि ३० औं दिनको अवधिमा कारोनामुक्त भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लायन्स डेण्टलबाट नरैनापुर गाउँपालिकाका १२ जना पुरुष र क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ८ जोल्हनपुर्वाकी ५५ बर्षीया महिला निको भएर घर फर्केका हुन् ।

यो संगै बाँकमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ४१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

नेपालगञ्जका २६ जना र नरैनापुरका १५ जना निको भएर घर फर्केका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *