२२ जेठ, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघले बिहिबार देखि चरणबद्ध आन्दोलन शुरु गरेको छ । वाणिज्य संघको कार्यालय अगाडी प्लेकार्ड राखेर सरकारले कर सम्बन्धित गरेको निर्णय बिरुध आन्दोलन सुरु गरेका हुन ।

बिहिवार बिहान ९ः०० बजेदेखि बिहान १०ः०० बजे सम्म संघको कार्यालय अगाडी आन्दोलनका कार्यक्रम अन्तर्गत
उद्योगी, व्यवसायीहरुले कर तिर्न नसक्ने ब्यहोरासहितका प्लेकार्ड राखेर प्रतिष्ठान वा घरबाटै बिरोध प्रदर्शन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार सरकार बिरुद्ध प्रदर्शन गरेर आन्दोलनको शुरुवात गरेको छ ।
संघले यसअघि सरकारले कर तिर्न थप गरेको समय अपर्याप्त भएको भन्दै निर्णय खारेजी र निजीक्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाईसकेको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएर संघले आफ्नो मागका बारेमा जानकारी गराएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिनुभयो ।
संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नितिमार्फत बैंक ब्याज मिन्हा, सहुलियत तथा छुट संबोधन गर्न माग गरेको छ ।