समाचार

प्रशासनले लकडाउनलाई थप ब्यवस्थित गर्न बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय

२२ जेठ, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई ब्यवस्थित गर्न बार अनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार बसेको सर्वदलिय, सर्वपक्षित बैठकको सुझावका आधारमा प्रशासनले ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना मार्फत हरेक आईतबार र बुधबार मोबाईल, ईलेक्ट्रोनिक्स, स्टेशनरीरपुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल संचालनमा आउने छन । त्यसैगरी सोमबार र बिहिबार कपडा, फेन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन गर्न दिने उल्लेख छ ।

यस्तै मंगलबार र शुक्रबार अटो मोबाईल्स, कोल्ड स्टोर, जुत्ता, मोटरसाईकल तथा अन्य पसलहरु संचालन गर्न प्रशासनले छुट दिएको छ । औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा विउविजन बिक्रि गर्ने पसल भने हरेक दिन संचालन गर्न सकिने बताईएको छ ।

जारि गरेको सुचना उल्लेख गरेका पसल तथा ब्यवसाय बिहान ११ बजेदेखी ३ बजेको अवधिमा मात्र संचालन गर्न पाईने छ भने बैंकहरु भने सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *