समाचार स्वास्थ्य

नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि

२० जेठ, बाँके  । नेपालमा मंगलबार दिउँसो थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नेपालमा मंगलबार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ सय पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २ सय ६६ पुगेको छ भने,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *