समाचार स्वास्थ्य

बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ घाइते

२० जेठ, बाँके । कोरोनाको असरले भारतका विभिन्न शहरबाट नेपाल फर्केका नेपालीहरुलाई लिएर नेपालगन्जबाट सल्यानतर्फ गैरहेको फोर्स गाडी बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा दुर्घटना हुँदा सवारी चालक समेत गरि १२ जनाको मृत्यु भएको छ ।

ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जदेखि सल्यान जादै गरेको थियो । उक्त फोर्स गाडी रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये ११ पुरूष र १ महिला हुन । दुर्घटना आज राती करिव १ बजे तिर भएको थियो । फोर्स गाडीमा ३३ जना सवार थिए ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । उनीहरुको भेरी अस्पतालमा नेपालगन्जमा उपचार भइरहेको छ । जसमध्ये ३ जना गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *