१८ जेठ, बाँके । प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा मात्रै संक्रमितको संख्या ६ सय ९ पुगेको छ । संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

आइतबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी रौतहटका २९ जना छन् । त्यस्तै धनुषामा २१ जना र सर्लाहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा संक्रमतिहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन् ।
त्यसैगरी, धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ , गोपाल धर्मशालाका ९ र गणेशमान चारनाथ नगरपालिकाका १ जना हुन् । सर्लाहीका संक्रमित हरीपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिकाका ३ जना रहेका छन् ।