समाचार स्वास्थ्य

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेठ, बाँके । नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कपिलबस्तुका हुन् । जिल्लाको महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *