समाचार स्वास्थ्य

अत्यावश्यक सेवाहरुको समय अवधि निर्धारण गरिदिन व्यवसायीको माग

१५ जेष्ठ, बाँके । अहिले बिश्व भरी कोरोनाले मानव जीवन आतन्कित र प्रभाबित बनाएको छ । कोरोना रोग बाट बच्नको लागि मानव लकडाउन भएर घर मै बस्नु परेको अवस्था छ । अधिकांस देश हरु यसबाट प्रभावित भएका छन, जसका कारण सरकारले लकडाउन लागू गरेको छ

त्यसै गरि नेपाल सरकार ले पनि अधिराज भरि लकडाउनको घँषणा गरेको छ । आज ६० दिन भदा बढी लकडाउन लागू छ ।

प्रदेश न. ५ मा ३९९ जना संक्रमीत भेटिएका छन। जसका कारण बाँकेको प्रशासन, स्थानिय प्रशासन लगायतले थप कडाइ गरेका सुचना जारी गरिएको हो ।

जिल्ला प्रशासनको सुचना अनुसार बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको र १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न जरुरी रहेकाले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको कुरुम्बाङले ।

नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु जस्तै-भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धि सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको छ। आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा आज जारी सूचनामा उल्लेख छ ।

तर बाँके बासीले भन्छन ” सुचनाले स्पष्ट जनाउन असफल भएको हो कि हामी बुझन सकेका छैनौ” भन्दै जनगुनासो पोखी रहेका छन । जिल्ला प्रशासन कार्यालय बाँकेको नया सुचना प्रभावकारी नभएको जनगुनासो आएको छ । प्रशासनले सुचनामा समय निषेध्ग्या निर्धारण न गरेको हुनले
व्यवसाय, किसानहरु लाई झन कठिन गराएको जनाएका छन ।
भगवती डेरि तथा सप्लायर्स नेपालगन्जका संचालक चेत शर्मा अनुसार प्रशासनले डेरि तथा अन्य व्यवसायको समय सिमा नतोकेको हुदा प्रसाशनले डेरि संचालन गर्न अनुमति प्राप्त हुदा हुदा पनि उनलाइ डेरि संचालन गर्न नसकेको अवस्था रहेको बताएका छन । उनले भने किसानले दूध उत्पादन गरेर बजार ल्याउने हो, तर जिल्ला प्रहरी कार्यालयले खटाएको प्रहरीले पहिला(पुर्व)को सुचनाको आदेश झै व्यवहार गरि रहेको बताएका छन । अहिले सम्म पनि प्रहरीले ११ बजे भन्दा अगाडि खोल्न न पाइने, र ३ बजे पश्चात पसल बन्द गराउने गरेका छन जसका कारणले प्रशासनले व्यवसायको सहि व्यवस्थापन गरि अत्यावश्यक वस्तुको पसल खोल्ने समय सिमा निर्धारण गरि दिन अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *