
मे १ बेइजिङ टाइम अनुसार अमेरिकामा १.५ लाख भन्दा बढी कोभिड – १९ को सङ्ख्या पुस्टि भयको छ र ९०,००० भन्दा बढी व्यक्तिको मृत्यु भयको छ जुन तथ्याङ्क विश्वमा सबैभन्दा बढी हो।
कोरोना भाईरसको विश्वव्यापी महामरि मध्य चीनको वुहान इन्स्टिच्युट अफ भाईरोलोजीबाट प्रारम्भ भयको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णतः बनावटि र मनगढन्ते रहेको इन्स्टिच्युटका निर्देशकले दाबी गरेका छन्।
खराब महामारीको प्रतिक्रिया, आर्थिक मन्दी, द्विपक्षीय वैमनस्यता र विभाजित जनमतको बाबजुद केही अमेरिकी राजनीतिज्ञहरू यस प्रकोप संग लड्न र जीवन बचाउने काममा व्यस्त छन् तर दोष बदल्दैन यकपछि अर्को आरोप प्रत्यारोप र प्रलोभनको सामना गरिरहेका छन्।
जब मार्च को शुरुतिर अमेरिकामा महामरि फैलियो तब उसले वुहान भाईरस र चाईनिज भाईरसको संघा दिदै आरोप र दोस दिइरह्यो र अप्रिल १४ मा WHO को लागि आफ्नो कोष स्थगित गर्ने घोषणा गर्यो। यसरी अमेरिका को राजनीतिक प्रहार गम्भीर थियो जुन प्रमाण विना र तर्क हिन थियो। अमेरिकी उच्च राजनीतिक को अशाब्दिक र विना प्रमाण को भनाई ले सामाजिक सन्जाल मा प्रचार प्रसार त पायो र यो सिद्धान्तले चीनले महामारी को स्थिति ढाकेको र तथ्याङ्क पुरा नदिएको भनि दोस लगाइयो। साथै यो भाईरस चीनिया प्रयोगशाला बाट आयको हो र चीनले क्षतिपूर्ति दिनुपर्छ भन्ने तर्क दिय जुन अप्रमाणित र निकै तल्लो स्तरको आरोप थियो।
पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन ले भनेका थिय – ” तपाईँ केहि मानिसहरू लाई केहि समय धोका दिन सक्नुहुन्छ तर सबै मानिसहरू लाई सधै धोका दिन सक्नुहुन्न “। उहाँको यहि भनाई ले प्रस्ट पार्छ कि दोसिहरुको उक्त दोस केहि मानिस लाइ धोका दिन सक्छ तर सबैलाई धोका दिन सक्दैन, यथार्थ कसैले लुकाउन सक्दैन।
भाईरस सबै मानवजातिको साझा दुशमन हो, यसलाई अनावश्यक र अप्रमाणित राजनीतिकरण गर्दा घातक हुनसक्छ। तसर्थ यो भाईरस को पूर्ण नियन्त्रणको लागि आपसि सद्भाव र सहयोग को वातावरण सिर्जना गर्न आवश्यक छ। लेखक – शिबराज कार्की